नेपाल जेसीजको ४५ औं महाधिवेशन आजदेखि

काठमाडौं । नेपाल जेसिजको ४५ औं केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदै छ । जनकपुरमा हुने महाधिवेशन पौष १० गतेसम्म चल्ने छ । 

जनकपुरको तिरहुतिया गाछीमा हुन लागेको महाधिवेशनको उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्ने महाधिवेशनका संयोजक सन्तोस साहले जानकारी दिए ।

महाधिवेशन मार्फत नेपाल जेसिजको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशनमा सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रमा योगदान पु‍र्‍याएका मुलकभरबाट १० जना युवालाई पुरस्कृत समेत गरिने संयोजक साहले बताए । 

महाधिवेशनमा सहभागी हुन पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरबाट करिब दुई हजार जेसीजका प्रतिनिधि जनकपुर पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?