दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

दाङको तुलसीपुर नगरपालिका ३ राम्री भन्ने स्थानमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

 शैक्षिक भ्रमणबाट फर्केको बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको थियो । 

घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ता हुने क्रममा दुर्घटनामा परेको हो ।

 प्रहरीले घटनास्थलबाट उद्धार गरिरहेको छ। 

बस के कारणले बस दुर्घटना भयो भन्ने यकिन भएको छैन ।

थप विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?