नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरूद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ।
महानिरीक्षक नियुक्तिबारे सर्वोच्चको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको कांग्रेस केन्द्रीय समितिको निर्णयले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता हरि मैनालीले २०७३ साल चैतमा सर्वोच्चमा निवेदन दिए थिए।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले देउवाविरूद्ध परेको अवहेलनासम्बन्धी निवेदन खारेज गर्ने फैसला गरेको हो।
डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको निर्णय तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले बदर गरिदिएको थियो।
मैनालीको रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले १० दिन भित्र कारण देखाउन माग गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया