दुई वर्षअघि कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिउ मास्ने बेच्ने मुद्दामा कैलाली कारागारबाट सजाय भोगिरहेको अवस्थामा फरार भएका ३५ वर्षीय सुरज कोलीलाई शुक्रबार काठमाडौँको सीतापाइलाबाट पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार निजलाई सीतापाइलामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका–६ घर भएका कोली ९ वर्ष ३ महिना सजाय कटाइसकेको अवस्थामा २०७३ असोज ६ गते जिल्ला कारागार कैलालीबाट फरार भएका थिए ।
उनलाई बाँकी सजाय भुक्तान र थप कारबाहीका लागि कैलाली पठाइदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया