कस्तो रहला आजको मौसम?

काठमाडौं । देशैभर मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहि देशभरको मौसम बदली रहने भएको हो । 

विशेष गरेर पूर्वी र मध्य पहाडी क्षेत्रमा बदलीको सम्भावना रहेको उनले बताइन् । ‘तराईतिर बिहानैदेखि लागेको हुस्स तथा कुहिरो मध्यान्नपछि हट्ने छ,’ उनले भनिन्, ‘तर पूर्णरुपमा मौसम खुल्ने सम्भवना भने देखिएको छैन् ।’

काठमाडौँमा दिउँसो केहीबेर घाम लागेपनि बिस्तारै मौसम बदली हुने छ । बिहान ६ बजे न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको काठमाडौँमा आज १८ देखि २० डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?