मकालु जहाज दुर्घटना ‘हाइपोक्सिया’ले

काठमाडौँ — मकालु एयरको सिंगल इन्जिनयुक्त विमान दुर्घटना पाइलटकै कारण भएको प्रतिवेदनले औंल्याएको छ ।
छानबिन गर्न गठित चार सदस्यीय आयोगले बिहीबार नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ‘दुर्घटनाको मुख्य कारण मानवीय पक्ष’ उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

‘हाम्रो अध्ययनअनुसार जहाज बादलभित्र नछिर्नुपर्ने,’ आयोगका एक पदाधिकारीले भने, ‘११ हजार फिट उचाइमा उड्नुपर्ने विमान १३ हजार फिट हाराहारीमा उडेको देखिन्छ।’ उनका अनुसार यति उचाइमा उडदा पनि दुवै पाइलटले अक्सिजन मास्क नलगाएकाले ‘हाइपोक्सिया’ भएको देखिन्छ।’ शरीरलाई आवश्यक अक्सिजन नपुग्नु ‘हाइपोक्सिया’ हो। हाइपोक्सिया हुँदा मान्छेमा मदिराले मातिएका बेलामा जस्तै आत्मविश्वास बढ्छ। ‘पाइलटहरूले अलिकति मात्रै बादल त होला नि भनेर जहाज बादलभित्र छिराउँदा दुर्घटना खेप्नुपर्‍यो,’ ती पदाधिकारीले भने, ‘हाइपोक्सियाका कारण ओभर कन्फिडेन्ट भएको देखिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?