तीन महिनादेखि प्रहरीमा १५ एसएसपीको दरबन्दी खाली

काठमाडौँ – नेपाल प्रहरी तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरी नियमावली संसोधन गर्न लागेको छ ।

अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संसोधन गर्न लागेको हो ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ । अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर राखेर नियमावली संसोधन गर्न लागिएको हो ।  नयाँ पत्रिका दैनिकमा यो समाचार  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?