काठमाडौँ–नेपालमा अहिले स्थिर सरकार भएकाले अमेरिकी उच्चस्तरीय भ्रमण हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
त्यस्तै, यो भ्रमणलाई नेपाली उत्पादन अमेरिकामा निर्यातका लागि सहज वातावरण बनाउने तथा अमेरिकालाई नेपालको कम्युनिष्ट सरकारप्रति विश्वासमा लिने कुरामा केन्द्रित गर्नुपर्ने कूटनीतिज्ञ तथा पराष्ट्रविदहरूले बताएका छन् ।
विगत १७ वर्षपछि नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अहिले अमेरिका भ्रमणमा रहेको र यो भ्रमण आफैंमा महत्वपूर्ण रहेको पनि उनीहरूको धारणा छ ।
भ्रमणबारे कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने बताउँदै भ्रमण हुनु मात्र महत्वपूर्ण विषय नभई भ्रमणमा के कुरा उठे त्यो महत्वपूर्ण हुने बताए । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया