काठमाडौं — बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया