भट्टी पसलबाट समातिए पेस्तोलधारी

काठमाडौं । धनुषाको एक भट्टी पसलबाट  पेस्तोलधारी समातिएका छन् । जिल्लाको हंषपुर नगरपालिका-५ सुगानिकासस्थित मदिरा पसलबाट लोड गरिएको पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका हुन् । 

स्थानीय मंगल साह तेलीको मदिरा पसलमा मदिरा खाँदै गरेका हंषपुर नगरपालिका-७ का ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई प्रहरीले लोड गरिएको पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरीले शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट 9mm को पेस्तोल एकथान र सोमा प्रयोग भएको म्याग्जिन एकथान तथा सोही म्याग्जिनमा लोड भएको गोली राउण्ड ६ फेला पारेको हो ।

मण्डललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?