बहुप्रतिक्षित मोनोरेलको डीपीआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावताका हरेक मन्तव्यमा जोडेको महत्वकांक्षी परियोजनाको निर्वाचन सम्पन्न भएको डेढ वर्षपछि डीपीआरका लागि सम्झौता हुन लागेको हो ।
काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (D P R) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका हुन् ।
चीन सरकारको स्वामित्वमा रहेको सीआरसीसी लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको बुझिएको छ ।
बुधबार काठमाडौँ महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
सीआरसीसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो ।
तस्विर स्रोत : गुगल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया