पत्रकार किरण अधिकारी सम्मानित

नुवाकोटका पत्रकार किरण अधिकारी सम्मानित भएका छन् ।

पीम नेपाल द्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहका बिच उनलाई सम्मान गरिएको हो ।

नुवाकोमामा रहेर लामो समयदेखि नेपाली कला संगीत र चलचित्र क्षेत्रमा कलम चलाउदै आएका अधिकारीलाई पीम नेपालले सम्मान गरेको हो ।  

फेस्टिभल उद्घाटनको अवसरमा पूर्व उपरास्ट्रपति परमान्नद झाले पत्रकार अधिकारीलाई सम्मानित गर्दै संस्कृतिको संरक्षणको निम्ति निरन्तर क्रियाशिल हुन आग्रह गरे । 

मोफसलमा रहेर सशक्त रुपमा कलम चलाएर समाजको विकासमा योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताए । 

पत्रकार अधिकारी नुवाकोबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक, सुन्दरादेबीन्युज डट कामको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?