बादललाई घन्टी बजाउने जिम्मा

काठमाडौं – नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरे ।  

बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ ।
व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरुको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादले घन्ट बजाउने जिम्मा पाएका हुन् ।

‘प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्ने समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समपान घन्टी बजाउनुभयो’, स्थायी समितिका एक सदस्यले भने । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?