मेलम्ची ठेकेदार कम्पनीमा म्यानेजरसहित ८ जनाको पासपोर्ट जफत

काठमाडौं– तीन दशकको प्रतीक्षापछि काठमाडौंमा खानेपानी आउँदै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेन्लाले ठेक्का सम्झौता रद्द गर्न सूचना बुझाएको छ ।

आयोजनालाई दुई साताअघि नै सूचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ ।

आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो । तर, दुई दिनअघि आयोजनास्थलबाट म्यानेजरसहित सबै प्रतिनिधि काठमाडौं आएका थिए ।

उनीहरु सोमबार स्वदेश फर्किने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजनाको पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?