जिप्रका कै कर्मचारीले बनाए नक्कली नागरिकता , यसरी समातियो गिरोह

नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा गाउँपालिकाका वडा सदस्य समेत चार जनालाई पक्राउ गरिएको थियो । 

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डलसहित धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका–५ का ४९ वर्षीया गङ्गा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का हेमन्तकुमार पाण्डेलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्ने साह औरही गाउँपालिकाका वडा सदस्य हुन् । अन्य सो गाउँपालिकाका कर्मचारी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?