गुरुङ भाषा संरक्षणका लागि स्याङ्जामा प्रशिक्षण दिदै

वालिङ । लोपोन्मुख अवस्थामा रहेको गुरुङ ‘तमु’ भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ । 

तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताए । 

“प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ भन्ने ठानी वालिङमा गुरुङ भाषा अर्थात् खेमा लिपिसम्बन्धी तीन दिने प्रशिक्षण दिइएको हो । 

“हालको वालिङ नगरपालिका ४ बसेनी निवासी पिमबहादुर गुरुङले खेमा लिपिको खोज अनुसन्धान गर्नुभएको देखिन्छ”, परिषद्का केन्द्रीय उपाध्यक्ष लप्टन यामबहादुर गुरुङले भने, “खेमा लिपिको अवधारणालाई देशव्यापी बनाउँदै भाषा संरक्षणका लागि लाग्नु आजको आवश्यकता पनि हो ।” 

स्याङ्जाबाट थालनी भएको अभियानलाई देशव्यापीरूपमा विस्तार गर्दै खेमा लिपि संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना बनाएको केन्द्रीय उपाध्यक्ष गुरुङले बताए । 

“नयाँ पुस्ताले गुरुङ भाषा अर्थात खेमा लिपि बिर्सिँदै गएको अवस्था छ” प्रशिक्षक भीम गुरुङले बताए, “हाम्रो समुदायको मातृभाषाको रूपमा रहेको खेमा लिपि संरक्षण गरी नयाँ पुस्तालाई आकर्षित गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ” 

प्रशिक्षण कार्यक्रममा स्याङ्जा जिल्लाभरिबाट सहभागी भएकाले आ–आफ्नो टोलमा गएर खेमा लिपिका बारेमा जानकारी गराउँदै तल्लो तहसम्म यस अभियानलाई पु¥याउने र गुरुङ जातिको भाषा खेमा लिपिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको महासचिव गुरुङले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?