काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामूहक बलात्कार घटनाका दुई अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षका विशालध्वज कार्की र २१ वर्षकै पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल भने पक्राउ परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया