काठमाडौं । चार महिनापछि प्रदेश नं ५ मा प्रदेशसभा बैठक बस्दैछ ।
देश नं ५ मा प्रदेशसभा बैठक मंगलवार बसेको हो । प्रदेश सरकारले प्रदेश सभामा पेश गर्न चार वटा विधेयक दर्ता पनि गराइसकेको छ । दुई वटा विधेयक सम्बन्धित मन्त्रालयका तर्फबाट मन्त्रीहरुले पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।
बुधबार बस्ने भनिएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको प्रदेश न. ५ जाँचबुझ आयोग गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास मन्त्रालयले प्रदेश नं ५ संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रीहरुले पेश गर्नेछन् ।
बैठकमा सभामुखले विशेष अधिकार समितिको सभापति र प्रदेश न. ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको संयोजक चयनबारे संसदलाई जानकारी गराउने छन् । साथै प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको जानकारी पनि सभामुखले गराउने कार्यसूचि रहेको छ ।
प्रदेश सरकारले संसदमा पेश गर्न १४ वटा विधेयक र कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरिसकेको छ भने एक दर्जन विधेयकको मस्यौदा पनि अन्तिम चरणमा रहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।
भोली ‘बुधवार’देखि श्रु हुने अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया