पोखरीमा डुबेर बेपत्ता कोइरीको शव फेला

कलैया । कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ । 

स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको ब्याट पोखरीमा खसेपछि सो ब्याट झिक्न कोइरी सोमबार पोखरीमा पसेका थिए । 

पोखरीको पानी अत्याधिक चिसो भएका कारण सन्तुलन गुमाएपछि उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

कोइरी पानीमा डुबेको देखेपछि बालबालिकाले स्थानीयवासीलाई खबर गरेका थिए । सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले करीब तीन घण्टा खोजी गरेपनि कोइरीको अवस्था पत्ता लाग्न सकेन ।

आज बिहान पुनः खोजी गर्दा पोखरीमा कोइरीको शव भेटिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?