काठमाडौं । राजस्व अनुसन्धान विभागले रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सोमवार विभागले अभियुक्तविरुद्ध झण्डै ७५ करोड रुपैयाँको मागदावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विभागले रसुवा भन्सारका तत्कालीन भन्सार प्रमुख, नायब सुब्बा तथा, मितेरी इन्टरनेशनलका सञ्चालक र सामान धनीलाई समेत अभियुक्त बनाएर मुद्दा दर्ता गरेको जनाइएको छ । तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्का र नासु धिरजकुमार थापा र मितेरी इन्टरनेसनलका सञ्चालक सुमन श्रेष्ठ र सामानधनी रञ्जन त्रिपाठीलाई आयोगले अभियुक्त बनाएको हो ।
मुद्दा दायर गरिएका उनीहरुविरुद्ध जनही १५ करोड रुपैयाँसहित ३ वर्षको कैद मागदावी गरिएको हो ।
आयोगले दुई जनालाई भने मतियारका रुपमा मुद्दा दायर गरेको हो । लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र गाडी चालक डब्बरबहादुर श्रेष्ठलाई जनही ७ करोड ५९ लाख रुपैयाँ बिगो दावी र डेढ वर्षको कैद मागदाबी गरिएको छ ।
गत साउन १८ गते रसुवाबाट पास भएको एक ट्रक सामान विभागले नियन्त्रणमा लिएपछि घटनाको अनुसन्धान अगाडि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया