प्रहरीको जवाफी कारबाहीमा मृत्यु

काठमाडौं । कोशी गाउँपालिका-७ मुसहरी टोलमा प्रहरीको जवाफी कारबाहीमा परी आइतबार बेलुका हाल नाम, थर, वतन, नखुलेका पुरुषको मृत्यु भएको छ ।

सोही ठाउँमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भण्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले एम्बुसिङ गरी बसेको अवस्थामा आएका अपरिचित ४।५ जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले

एक्कासि प्रहरीतर्फ २ राउण्ड गोली फायर गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा गम्भीर घाइते भएका ती पुरुषको उपचारको लागि धरान घोपा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घट्नास्थलबाट प्रहरीले २ थान कटुवा पेस्तोल बरामद गरेको छ । 

अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?