निर्मलाका लागि न्याय माग्दै बालुवाटार पुगे मानव अधिकारकर्मी

काठमाडौं । मानव अधिकारकर्मीले बालुवाटारमा धर्ना दिएका छन् । धर्ना दिन बालुवाटार पुगेका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरुले निर्मला पन्तका लागि न्याय माग्दै बालुवाटारमा प्रदर्श गरेको हुन् । 

प्रदर्शनका क्रममा अधिकारकर्मीहरुले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मल पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिएका हुन् । 

मानव अधिकारकर्मीहरुले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विहान उखुबारीमा भेटिएको थियो । 

निर्मलाको बलात्कार र हत्या भएको १ सय ३८ दिन बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?