काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विधानमाथिको छलफल सकिएको छ ।
मंसिर ९ गतेदेखि जारी विधान संशोधन मस्यौदामा केन्द्रित बैठक ९ दिनसम्म चलेको थियो ।
आजदेखि भने विधान माथिको छलफल सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस क्रममा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्य गरेर कूल ७७ जनाले आफ्नो धारणा राखेको उनले जानकारी दिए ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै केन्द्रीय सदस्यहरू— सीता गुरुङ, डा डिला संग्रौला र शिला शर्मा पनि खड्काले आ–आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया