काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । सत्तारुढ घटकको बैठक बस्नुअघि प्रचण्ड र ओलीबीच छलफल भएको हो ।
संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्डसँग ओलीले भेट गरेका हुन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डाको टुंग्गो नलाग्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत विषयमा नै छलफल भएको छ । यसअघि बुधबार साँझ भने ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास भक्तपुरको बालकोट पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया