काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभामा प्रधानन्त्रीमा प्रचण्डले विश्वासको मत पाएको भोलिपल्ट दुई शीर्ष नेताबीच छलफल भएको हो ।
बुधबार साँझ ओली निवास बालकोटमा आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको बताइएको छ । भेटवार्तामा दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया