काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र सरकारलाई सफल बनाउन पार्टीका संगठनहरूलाई निर्देशन दिएका छन् ।
आफ्नो पार्टी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल)ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको बताए ।
उनले संगठन विस्तार गरेर पार्टीलाई सुदृण बनाउन लाग्न निर्देश दिएका छन् ।
हामीले पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्ने छ । पार्टी निर्माणमा, वाइसीएल बलियो बनाउनेमा, जनताको विकास निर्माणको गतीलाई बढाउन र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नेमा सदुपयोग गर्नु छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया