मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता संसदीय दलका नेता सरोजकुमार यादवले नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ६३ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।

उनलाई नेकपा (एमाले) का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका हुन् । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेकका सबै दलले समर्थन गरेका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री यादवको शपथग्रहण पुस २९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?