काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतका बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गण्डकी प्रदेशमा सोमबार नयाँ सरकार गठनसँगै ३ मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको सपथ लिएका थिए ।
सत्ता गठबन्धन भित्रको भागबण्डा नमिलेका कारण मन्त्रालयको विभाजन नभएको माओवादी संसदीय दलका नेता तथा मन्त्री हरिबहादुर चुमानले बताए ।
भागबण्डा मिलाउनका लागि मुख्यमन्त्री अधिकारी र मन्त्री हरिबहादुर चुमान सहितको टोली काठमाडौं आएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया