कांग्रेस केन्द्रीय समितिको बैठक माघ १५ गते बस्ने

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि पनि कांग्रेसले २२ गते बोलाएको बैठक २८ गतेका लागि सारेको थियो । सत्ताबाट बाहिरिएपछि पार्टीभित्रै आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले समसमयिक राजनीति र निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक डाकेका थिए । तर, पछिल्लो समयमा विकसित भइरहेको राजनीतिक घटनाक्रमले कांग्रेस बैठक प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?