काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले वर्तमान सरकारको कार्यकालभर न्याय सम्पादन रहिरहने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्र बलियो हुनका लागि सुशासन, सामाजिक न्याय, समानता र कानुनको पालना हुनुपर्नेमा जोड दिए । उनले भने ‘जबसम्म व्यवहारमै निर्मला पन्त र नवराज विकहरुले न्याय पाउँदैनन् तबसम्म लोकतन्त्र बलियो हुँदैन ।’ उनले लोकतन्त्र बलियो बनाउन व्यवहारमा उतार्नुपर्ने बताए ।
‘लोकतन्त्र भनेको प्रक्रिया मात्रै होइन, हामीले यसलाई लामो समय प्रक्रिया मात्रै बनायौँ’ उनले भने, ‘अब हामीले यसलाई व्यवहार बनाऔँ, जुन दिन लोकतन्त्रलाई व्यवहार बनाउँछौ त्यो दिन त्यस दिन समाज परिवर्तन हुन्छ । रूपान्तरण हुन्छ ।’
सांसद परियारको उपप्रधान तथा गृहमन्त्रीबाट न्यायसम्पादनको प्रारम्भ भएको दाबी गरे । उनले आफ्नो पार्टी सरकारमा सहभागी भएर कस्तो काम गर्नुपर्छ भनेर सुरुवात भैसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया