Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मुख्यमन्त्री जमकट्टेलले गरे मन्त्रालयको संख्या घटाउने निर्णय

लोकपथ २६ पुस २०७९, मंगलबार १४:१४
मुख्यमन्त्री जमकट्टेलले गरे मन्त्रालयको संख्या घटाउने निर्णय
शेयर गर्नुहोस् Facebook

काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय संख्या घटाउने निर्णय गरेका छन् । उनले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरिएको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।