Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथ हुँदै

लोकपथ २५ पुस २०७९, सोमबार ०८:२६
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथ हुँदै
शेयर गर्नुहोस् Facebook

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ सोमवार हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतवार नै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

मुख्यमन्त्री कार्कीले सानो आकारका मन्त्रिमण्डल आज नै विस्तार गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।