Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मन्त्रिमण्डलमा सबै दलको प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की

लोकपथ २४ पुस २०७९, आइतबार २१:२४
मन्त्रिमण्डलमा सबै दलको प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
शेयर गर्नुहोस् Facebook

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताएका छन् ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आज साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताए । वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पारे । उनले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।