Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोकपथ २१ पुस २०७९, बिहिबार १५:४०
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
शेयर गर्नुहोस् Facebook

काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यद्यपी एकीकृत समाजवादीले सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसका साथै, एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न कार्यदल पनि बनाएको छ । बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको हो ।

उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए । समाजवादीले पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।