Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

विमानस्थल बनाउन दिएको ऋण अनुदानमा परिणत गरिदिन चीनसँग मुख्यमन्त्री पोखरेलको आग्रह

लोकपथ १७ पुस २०७९, आइतबार १८:२६
विमानस्थल बनाउन दिएको ऋण अनुदानमा परिणत गरिदिन चीनसँग मुख्यमन्त्री पोखरेलको आग्रह
शेयर गर्नुहोस् Facebook

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि दिइएको मध्ये ७५ प्रतिशत ऋणलाई अनुदानमा परिणत गरिदिन चीन सरकारसँग आग्रह गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिएको २२ अर्ब रकममध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन्
।
कार्यक्रममा पोखरेलले भने, ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु ।’

विमानस्थल निर्माणका लागि लागेको करिब रु २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।