Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

लोकपथ १७ पुस २०७९, आइतबार १२:२५
बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने
शेयर गर्नुहोस् Facebook

काठमाडौं । बागमती प्रदेशसभाको ११ औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११ औँ बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।