Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

लोकपथ १४ पुस २०७९, बिहिबार १६:०४
मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ
शेयर गर्नुहोस् Facebook

धनुषा । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

ज्येष्ठ सदस्य न्यौपानेले भोलि (शुक्रबार) बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहणपछि ज्येष्ठ उनले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।