Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

महान्यायाधिवक्तामा डा.दिनमणी पोखरेल नियुक्त

लोकपथ १३ पुस २०७९, बुधबार १६:१६
महान्यायाधिवक्तामा डा.दिनमणी पोखरेल नियुक्त
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणी पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।