Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

जाँदाजाँदै सञ्चारमन्त्रीले भनेः नेपाललाई आइटी हब बनाउनु पर्छ

लोकपथ ११ पुस २०७९, सोमबार १५:४७
जाँदाजाँदै सञ्चारमन्त्रीले भनेः नेपाललाई आइटी हब बनाउनु पर्छ
शेयर गर्नुहोस् Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताएका छन् । सोमवार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।उनले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आइटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताए ।उनले नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने बताए ।

नेपाललाई आइटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिवद्धतासमेत जनाए । उनले आगामी ५ वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताए । उनले भने, ‘अहिले विदेशमा हाम्रा धेरै युवायुवतीहरु जानुपरेको छ । उनीहरुले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ । हामीले हाम्रै देशका युवायुवतीहरुलाई हाम्रै घर परिवारसँग बसेर समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई कसरी बनाउन सकिन्छ, त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ । त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो
योगदान रहन्छ ।’ साथै मन्त्री कार्कीले अबका दिनमा काँग्रेसले बदलिँदो परिस्थितिमा देशलाई केन्द्रमा राखेर र नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।