निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।

सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ ।

शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने ।

अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ ।

आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?