१३ हजार मतान्तरसहित गोरखा–२ बाट प्रचण्ड निर्वाचित

लोकपथ
390
Shares

गोरखा । गोरखा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।

बिहीबार बिहान आएको अन्तिम परिणाम अनुसार प्रचण्ड १३ हजार ४ सय ६६ मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रचण्डले २६१०३ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १२६३७ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ७३९३ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा कुल ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रचण्ड मंसिर ४ को निर्वाचनका लागि गोरखा पुगेका थिए । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट तत्कालिन नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?