‘कमाण्डर समूह’को पर्चासहित नेपालगञ्जमा बम फेला

नेपालगन्ज । नेपालगञ्जको पुष्पलाल चोकमा बम भेटिएको छ ।

प्लास्टिक झोलामा शंकास्पद अवस्थामा भेटिएको उक्त वस्तु बम भएको नेपाली सेनाले पुष्टि गरेको हो । 

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले धम्बोझीमा रहेको वाटरपार्कमा लागेर निष्कृय पारेको हो ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार बम राखिएको स्थाननजिकै ‘कमाण्डर समूह’को पर्चा भेटिएको छ । उक्त पर्चामा शक्तिशाली बम भएको तीन सय मिटर टाढासम्म क्षति पुर्याउने चेतावनी दिइएको थियो ।

एसपी पौडेलले बम राख्नेको पहिचान गर्ने काम भइरहेको बताएका छन् ।

बम राखिएको शंकापछि अहिले नेपालगञ्जको पुष्पलाल चोक तनावग्रस्त छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?