काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडकखण्ड बिहीवार एक घण्टा बन्द गराइएको छ ।
धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् ।
स्थानियका अनुसार सरकारले सडक विस्तारको नाममा सर्वसाधारण जनताको स्वास्थ्यमाथि खेलबाड गरेको बताउँदै तत्काल धुवाँधुलो, खाल्डाखुल्डी नियन्त्रण गर्न सरकारलाई दवाव स्वरुप आफूहरुले सडक बन्द गरेको बताए ।
स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौता गर्दा पनि पालना नभएको स्थानीयको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया