बुद्ध जन्मस्थल लुम्बिनीमा १८ देशका एक हजार बौद्ध भिक्षु शका एक हजार बौद्ध भिक्षु

चन्द्रकान्त खनाल, रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि बौद्ध ग्रन्थ त्रिपिटक वाचन शुरु भएको छ ।

लुम्बिनीस्थित मायादेवि मन्दिर परिषरमा शुरु भएको त्रिपिटक वाचनमा विभिन्न १८ देशका करिब एक हजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी भएका छन् । 

लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्याउने उद्देश्यले पहिलो पटक नेपालमा ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन आयोजना गरिएको हो । 

त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्त्व भएकाले नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताए । 

अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा त्रिपिटक वाचन बिहान ८ बजेदेखि साझ ५ बजेसम्म ३ दिन चल्ने छ । वाचन शुरु हुनु अघि लुम्बिनीको विश्व शान्ति दीपबाट शान्ति यार्ली निकालिएको थियो । यार्ली मायादेवि मन्दिर परिषरसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?