काठमाडौं । प्रहरीले काठमडौंको लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जबाट ३५ जना बालबालिकालाई उद्दार गरेको छ ।
महानगरीय प्रहरी वृत्त, लैनाचौरले ‘अपरेशन रेक्स्यू अन्डर एज’ मार्फत डान्स बारबाट यती धेरै बालबालिकालाई उद्दार गरेको हो । साथै उक्त डान्स बारका तीन जना सञ्चालकलाई समेत पक्राउ गरी कानूनी दायरामा ल्याइएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
वृत्तका अनुसार नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको हो ।
उद्दार गरिएका ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया