इनरुवामा आगलागी, १० लाखभन्दा बढीको क्षति भएको अनुमान

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट १० लाखभन्दा बढीको क्षति भएको छ । 

घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । इनरुवा नगरपालिकाको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण समयमै आगो निभाउन नसकिएको स्थानीयवासीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?