थप २५ स्थानमा केबुलकार प्रस्ताव

काठमाडौं । नेपालका थप स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ ।  
अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई ९वातावरणीय अध्ययन अनुमति० का लागि दुईवटा आवेदन परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ ।

 मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शनलगायतका केबुलकार कम्पनी निर्माणको चरणमा रहेका छन् । त्यसैगरी, मौलाकालिका दर्शन प्रालि, मौलाकाली केबुलकार प्रालि, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी, गोसाइकुुण्ड केबुलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबुलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबुलकारलगायतका कम्पनीहरू सञ्चालनको पर्खाइमा छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?