छठको रमझम यस्तो देखियो गौरीघाट (फोटो फिचर )

अस्ताउदो सूर्यलाई अर्घ दिई नेपालभर छठ पर्व भव्य रुपमा मनाइएको छ ।

आज छठ पर्वको छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिई मनाईएको छ । 

श्रद्धा, भक्ति तथा सूर्यको उपासना गरि मनाईने छठ पर्वमा नजिकका ताल तलाउका किनारामा  झिलीमीली बत्ती बालेर फूलैफूलले सजाईएको थियो ।

परिवारको कल्याण, सन्तानप्राप्ती र समृद्धिको कामना गरि मनाईने यो पर्व  नेपालको तराईमधेश क्षेत्रमा मनाइन्छ ।  

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गर्दै महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयबाटै पुजाआजासहित अर्घ चढाएसँगै रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलीपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।  

नेपालका महत्वपूर्ण तिर्थस्थल ताल तलैया छठको अवसरमा बेहुली झैँ सिँगारिएको थियो ।

हिन्दूहरूले मनाउने महत्वपूर्ण चाड छठ नेपाल लगायत भारतका केहि स्थानमा मनाईन्छ ।  

हेर्नुहोस् झकिझकाउ गौरीघाट  : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?