‘हेड एन्ड सोल्जर’को नक्कली फ्याक्ट्रीमा छापा

काठमाडौं । राजधानीमा अमेरिकी ब्राण्डको स्याम्पो हेयर एण्ड सोल्डर र भारतीय ब्राण्डको बीएमसी मसलाको नक्कली कारखाना फेला परेको छ । 

राजधानीको चन्द्रागिरी नगरपालिका १५ स्थित नैकापमा बासु बिडारी र  ज्योती बिडारीको नाममा खोलिएको ‘ज्योती सोप एण्ड केमिकल्स’ नामको कम्पनी फेला परेको हो । 

विषेश सूचनाको आधारमा काठमाडौं प्रहरीको टोलीले छापा मार्ने क्रममा सो नक्कली कम्पनी फेला पारेको हो । 

सो नक्कली कम्पनीबाट सेम्पो र मसला उत्पादन गरी बजारमा विक्रि वितरण हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली कारखानाका सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको काठमाडौं प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?