हराएको पाँच दिनपछि भेटियो शव, हत्या कि आत्महत्या ?

बारा  । निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का हराएको पाँच दिनपछि मृत भेटिएका छन् ।

आफ्नै घर भन्दा  सय मिटर पूर्व रहेको केराबारीमा मंगलबार विहान उनी मृत शरीर भेटिएको हो । 

प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । 

चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको घटनास्थलमा  गएका प्रहरीले बताएका छन् । 

प्रहरीका अनुसार  शवमा कुनै प्रकारको बाहिरी चोट पटक नदेखिएको जानकारी दिएको छ । 

मृतकका बुवा वैदेशिक रोजगारीमा छन् । पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?